१५ भाद्र २०८३, सोमबार

शिवानगरमा स्टेरिंग फेल भई बस दुर्घटना हुदाँ   १९ जना घाइते

एसीपी संवाददाता

८ श्रावण २०८२, बुधबार १९:०३ मा प्रकाशित

कपिलवस्तु, साउन ७  –  कपिलवस्तु जिल्लाको  चन्द्रौटा कृष्णनगर सडक खण्डमा कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा बसको स्ट्रिङ फेल भई पल्टिन जाँदा १९ जना घाइते भएका छन्।

आज लगभग चार बजेतिर चन्द्रौटा बाट कृष्णनगर तर्फ आउदै गरेको भे १ ख ११८२ न. को बस स्ट्रिङ फेल भई पल्टिन जाँदा  खबर पाउन साथ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक ईश्वर लौडारीको कमाण्डर ११ जनाको टोली खटि उद्धार कार्य गरिएको थियो।

बस चालक जिल्ला कपिलवस्तु शिवराज न.पा. ४ बस्ने बर्ष अ. ४५ को अबस पठान फरार रहेको खोजतलास

कार्य जारी रहेको तथा सो दुर्घटनामा १७ जना सामान्य घाइते र दुई जना गम्भीर अवस्थाको घाइते हरुलाई उपाचारका लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

धेरै यात्रु भारतको बिहार राज्यको बोलबम दर्शन गर्न जाने रहेको स्रोतले जनाएको छ।

२ जना गम्भीर घाइते लाई थप उपचारका लागि बुटवल पठाउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x