१ श्रावण २०८३, शुक्रबार
शुक्रबार १० जनामा कोरोना संक्रमण पुष्टि,५ संक्रमित निको भई डिष्चार्ज

बाँकेमा शुक्रबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा नेपालगंजमा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिनु भयो ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६० पुगेको छ । हालसम्म १ हजार ३ सय ६१ जना निको भएका छन् । १२ जनाको भने मृत्युु भइसकेको छ ।

यसै बीच शुक्रबार बाँकेमा थप ५ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएको श्रोष्ठले बताए । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको श्रेष्ठले बताउनुभयो । बाँकेमा विरामी निको हुने दर ७७।७७ प्रतिशत रहेको छ ।अब आइसोलेसनमा ३ सय ८४ जना छन् । बाँकेमा हालसम्म १ हजार ७ सय ५० जनामा कोरोना पुष्टि हुँदा १२ जनाको भने मृत्यु भइसकेको छ ।
Subscribe
Login
0 Comments



