शेरवहादुर दाई तपाई काँग्रेसको मात्रै नेता नभई नेपाली जनताको नेता हो अब सरकारको नेतृत्व तपाईको जिम्मा
टीकापुर घटनाबारे उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अबको सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् ।
‘शेरवहादुर दाई तपाई नेपाली काँग्रेसको मात्रै नेता होईन् । नेपाली जनताको नेता हो । अबको सरकारको नेतृत्व गर्ने तपाईको जिम्मा ।’ फेसवुकमा आफ्नो बिचार राखेको भिडियो फोष्ट गर्दै थारुले भनेका छन् । उनले लोकतन्त्रका लागि देउवाले ठूलो संघर्ष गरेको बताउँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको ‘कु’ विरुद्ध एकजुट भएर लड्न समेत आग्रह गरे ।
सोही क्रममा उनले देशव्यापी अभियान थालेको समेत घोषणा गरेका छन् । उनले आइतबार दाङबाट सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उच्च अदालतको फैसला सिहंदरबार र बालुटारबाट लेखीएको बताएका छन् । उनले उच्च अदालतको फैसलाले कतिपय थारु विरोधी तत्वहरु खुशी भएको बताए ।
उनले कसैले कसैलाई फसाएर समृद्धी नहुने बताउँदै थारुलाई फसाउने चलखेलविरुद्ध पनि लड्ने बताए । ‘थारु क्रान्तंकारी होईन् । थरुहट मोर्चा पनि शान्तीका लागि वकालत गर्ने मोर्चा हो । शान्ती, सद्धभाव, न्याय र अधिकारका लागि हाम्रो बुलुन्द आवाज तपाईको पार्टीमा पनि सुनियोस ।’
उनले लोकतन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताउँदै मधेसवादी दलहरुलाई पनि पनि प्रधानमन्त्रीविरुद्ध एकजुट हुन आग्रह गरे ।
थारु जिल्ला अदालत कैलालीको आदेशपछि तीन बर्ष कैद भुक्तान गरेर रिहा भएका थिए भने उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । अहिले उनी फरार छन् ।


