२६ आश्विन २०८३, सोमबार

श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित दुई जना पक्राउ

एसीपी संवाददाता

२० पुष २०७७, सोमबार १४:१६ मा प्रकाशित

प्रहरीले श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारत गोरखपुर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता र कार चालक कपिलवस्तु बाँणगंगा ४ बसने बर्ष २२ का संगम थारुलाई पक्राउ गरेको हो ।

बिशेष सूचनाका आधारमा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले टोलीले सोमबार बिहान करिव साढे चार बजे नागढुङ्गा चेकप्वाइन्टमा कपिलवस्तुबाट काठमाडौं आउदै गरेको प्रदेश ३–०१, ०२३ च २२५९ नंवरको हुन्डाइ कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको रकम फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपि अशोक सिंहले जानकारी दिनुभयो ।

हुन्डाइ कारको डिक्कीमा स्पेयर टायरमुनी लुकाइराखेको अवस्था ३ वटा झोलामा सो रकम फेला परेको उहाले बताउनुभयो ।

उक्त रकम भारतबाट भारतीय रुपैया ल्याइ नेपालको सीमा क्षेत्रमा पटक पटक गरि नेपाली रुपैया सटही गरिएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । रकम सहित प्रक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि सम्पती सुद्धिकरण बिभागमा पठाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x