२ श्रावण २०८३, शनिबार

संयुक्त भूपुसैनिक, प्रहरी कल्याणकारी महासंघको बेवास्ता गरियो भने आन्दोलनको चेतावनी

एसीपी संवाददाता

२२ कार्तिक २०७७, शनिबार १४:०८ मा प्रकाशित

फाइल तस्बिर / संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ, नेपालले आफुहरुले अघि सारेका मागहरु सरकारले पूरा गर्नुपर्नेमा जोड दिएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघका पदाधिकारीहरुले आफूहरुले अघि सारेका माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
महासंघले पछिल्लो समय गरेका विभिन्न गतिविधिको बारेमा जानकारी दिने क्रममा सरकारसमक्ष आफ्ना माग पूरा गर्न दबाब दिएको हो । भारतीय पेन्सनरहरुका समस्याको लागि भारत सरकारसँग बिभिन्न तहमा छलफल, पत्राचार, भेटघाट भईरहेको हाल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमणमा भेट गरी समस्याहरुका बारेमा जानकारी गराँउदा सेनाअध्यक्ष नरवणेबाट सकारात्मक प्रतिबद्धता आएको समेत जनाएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष धन बहादुर थापाले नेपाल सरकारबाट दिँदै आएको सामाजिक सुरक्षा भत्तामा खासगरी भूपूहरुलाई लक्षित गरी बन्द गरिएको गुनासो गर्नुभयो । भारत सरकारद्धारा दिन खोजिएको सिएसडी सुबिधामा पनि नेपाल सरकारबाट स्विकृति नपाएकोमा स्वीकृतिको लागी नेपाल सरकारलाई अनुरोध गरिने उहाले बताउनुभयो ।
आफुहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी थापाले दिनुभयो । भारतबाट मात्रै भूपूहरुबाट प्रति महिना भारु २० करोडभन्दा बढि र हाल सेवारतबाट भारु ३० करोड रेमिट्यान्स आउने गरेको महासंघले जनाएको छ । त्यस्तै, ७ देखि ८ करोड बेलायतबाट आउने गरेको महासंघको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x