६ आश्विन २०८३, मंगलवार

संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि प्रधानमन्त्री शाह अमेरिका प्रस्थान; अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

एसीपी संवाददाता

६ आश्विन २०८३, मंगलवार १५:५१ मा प्रकाशित

काठमाडौं — सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन आज साँझ अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री शाह आज साँझ ७ बजे विशेष टोलीसहित अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको परराष्ट्र भ्रमण र अनुउपस्थिति रहने अवधिभरका लागि सरकारको प्रशासनिक तथा दैनिक कार्यसञ्चालन सुचारु राख्न कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो अमेरिका भ्रमणका दौरान मुलुकको कार्यकारी जिम्मेवारी सम्हाल्नका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको तोक्न आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक सिफारिस गर्नुभएको थियो।

प्रधानमन्त्रीको उक्त सिफारिस र नेपालको प्रचलित संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक कार्यभार सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघको यस ८१ औं महासभालाई विश्वभरका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले सम्बोधन गर्ने क्रम जारी छ। सोही क्रममा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने तय गरिएको छ।

महासभामा नेपालको तर्फबाट प्रभावकारी सहभागिता जनाई समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपालको धारणा राखिसकेपछि प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फिर्ता हुनुहुने कार्यतालिका रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x