२३ आश्विन २०८३, शुक्रबार

संसद विघटन अवैधानिक, पुनर्स्थापित गरेर नयाँ सरकारको दावी

एसीपी संवाददाता

८ पुष २०७७, बुधबार १०:१९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए ।

‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । ‘अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं’ उनले भने ।

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरू केही सांसदहरूले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौं’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै उनले संविधान सभाबाट प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर लेखेको स्मरण गरे । ‘यसको पछाडि ठूलै षड्यन्त्र छ, देशी/विदेशी शक्तिको चलखेल खुल्दै जाला, अहिले विश्वले नेपालको यो घटनालाई चासोका साथ पनि हेरिरहेका छन्’ प्रचण्डले भने । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x