१ श्रावण २०८३, शुक्रबार

संसदमा ठुलो दल भएर पनि काग्रेस कार्बन वन्दै

एसीपी संवाददाता

२७ पुष २०८१, शनिबार १५:१८ मा प्रकाशित

ओम आचार्य

काग्रेस र एमाले विच गठवन्धनको सरकार बनाउदा शुशाशन दिगो विकास र स्थिर सरकार को पहिलो शर्त संविधान संशोधन हो यही कुरा समेटेर सात बुदे सहमती गरेका थिए !
कुनै पनि विसयमा सार्वजनिक सरोकारको मुध्दामा निर्णय लिनु पर्दा संयनत्रबाटै जाने सहमती भएको थियो !
कृष्ण प्रसाद सिटौलाले प्रधानमन्त्री के पी ओली रहनु भएपनि
नीतिगत निर्णयमा काग्रेसकै सहमतीमा हुने हो भनिरहदा के पी ओलीले गठवन्धनको सात बुदे सहमती विपरित संविधान संशोधन 2087 सतासीमा हुने अभिव्यक्ती दिए! यस भनाइले संयन्त्रको वन्धनमा नरहने संकेत गरेका हुन ! संयनत्रबाट बाहिरिने विचार हो ? अव काग्रेस के गर्छ त ?गठवन्धन को सरकारमा सम्मिलित काग्रेसको पनि त्यही विचार हो भनेर जनताले बुज्नु पर्ने हो की? प्रधानमन्त्री को भनाइको प्रतिबाद मात्रै गरेर गठवन्धन यथावत राखेर के पी ओलीबाट सत्ता हस्तान्तरण हुन्छ भन्ने मोहमा सरकारमा वसिरहने काग्रेसको रणनीति हो !के पी ओलीले अब आफ्नो राजनीतिक रणनीति सुरु गर्दै गर्दा काग्रेसले माओवादी र एमालेको गठवन्धन टुटेपछी माओवादी र एमालेको अहिलेको राजनीतिक सम्बन्ध अध्यन गरे हुन्छ! भोली एमाले र काग्रेसको त्यस्तै सम्बन्ध हुन सक्छ जस्तो अहिले माओवादी र एमालेको छ!
जनतामा स्थिर सरकार हुन नसकेको दोष संबिधानमा भएको त्रुटी लाई अघि सार्दै संविधान संशोधनको गर्ने भनेर गठवन्धन गरेको हुकार गर्ने मुलुकका दुइ ठुला दलले जनतालाई ढाटेको र अध्यारोमा पारेको छ!

रवि लामिछाने धरौटीमा छुटे लगत्तै प्रतिपक्षको सक्रियता बढ्नु र के पी ओलीको पछिल्लो अभिव्यक्ती ले काग्रेस एमालेको गठवन्धन भित्रै काग्रेसले असन्तुष्टी जनाउनु संयोग मात्रै हो? कथमकदाचित यो गठवन्धन भंग भए के काग्रेसले नै सरकारको नेतृत्व पाउछ यस्मा काग्रेस आफै विस्वस्त छैन !तै भएर काग्रेसचै सरकार गठवन्धन को सहंमतीको विपरित गए पनि प्रतिबाद गर्ने तर सरकारमा रहिरहने रणनीति वनाएको देखिन्छ !
अहिले सरकारले ल्याउने कतिपय अध्याधेशमा काग्रेसको असहमती होलान त्यस मध्ये दल सम्बन्धी अध्यादेश र थ्रेसहोल्ड मा पनि हुन सक्छ ! प्रधानमन्त्री को एकल रुचीमा आउनलागेका केही विधेकले राजनीतिक जटिलता पैदा गर्छ! जुन गणतन्त्रको लागी सन्तोषजनक मान्न नसकिएला !

डा. शेखरको भनाइ
गठवन्धन लाइ असफल हुने छुट छैन

देशका दुइ ठुला दल काग्रेस र एमाले को गठवन्धन को सरकार निर्माण भएपछी जनतामा उत्साहा र भरोसा र विस्वास जागेको थियो ! राजनैतिक इतिहास वोकेका यि दलको गठवन्धन बाट देशमा शुशाशन र स्थिर सरकार वन्छ भन्नेमा ढुक्क थिए!विगतमा पनि यि दुइ दलको गठवन्धन ले गरेको सफलता राजनीतिक अभिलेख छ !
तर अहिले प्रधानमन्त्री के पी ओलीको संविधान संशोधन 2087मा भनेर दिएको अभिव्यक्तीले जनताले यि दुइदलमा गरेको विस्वास र भरोस चकनाचुर पारेको छ!
संविधान संशोधन मुलत त काग्रेसको एजेन्डा र यसै प्रयोजनकै लागी दुइ दलिय गठवन्धन गरिएको हो ! यो रणनीति विशेश गरेर डा. शेखर कोइरालाको हो र उनैले एमाले र काग्रेस दुइदलको गठवन्धन देशकोलागी अपरिहार्य देखेका थिए र पहल पनि गरे र गठवन्धन को नतिजामा पुर्याए पनि!
डा. शेखर कोइरालाले आफ्ना प्रत्येक भाषणमा र उनले दिएका अभिव्यक्ति भन्ने गर्थे ” यो सरकारलाइ असफल हुने छुट छैन”!
संविधान संशोधनको मुल भावना लिएर गठवन्धन निर्मित सरकार अब असफल भएकै हो भन्नु पर्छ! “असफल हुने छुट यो सरकारलाई छैन “भनेर भन्दा यो भनाइमा चेतावनी थियो खबरदारी थियो यस्तो भएमा दण्डित हुनुपर्छ भन्ने अन्तरनिहीत उत्तर बेकेर ग्रजने डा. शेखरले अव के गर्छन ?

कम्युनिस्ट को कार्बन

नेपाली काग्रेस संसदमा ठुलो दल भएर पनि कहिल्ये प्रचणडको नेतृत्व स्विकारेर वसेको छ त कहिल्यै एमालेको नेतृत्व स्विकारेर बसेको छ ! आखिर यस्तो किन भइरहेको छ ! यो काग्रेसले नै खोज्नु पर्ने उत्तर हो ! यसरी काग्रेसले कम्युनिष्ट को नेतृत्व स्विकारे पछी काग्रेसलाइ कम्युनिष्ट ले कार्बन बनाइरहेका छन ! अहिल्यै पनि ठिक त्यस्तै भइरहेको छ ! संविधान संशोधन को कुरामा के पी ओलीको अभिव्यक्तीमा काग्रेसलाइ कार्बन वनाइएको छ !
त्यो कार्वन पेपर काग्रेस हो र त्यो पेपरमा जे लेखे पनि जे बोले पनि सरकारमा काग्रेसको प्रतिनिधित्व भएको हुदा स्विकार्नु पर्ने हुछ कार्वनमा आएको कुरालाइ गलत भन्न सकिन्दैन!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x