२६ श्रावण २०८३, मंगलवार

सक्षम नेतृत्व, स्पष्ट सोच र उद्योगी–व्यवसायीको बलियो आवाज: नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा आदित्य गुप्ताको उम्मेदवारी

एसीपी संवाददाता

२६ श्रावण २०८३, मंगलवार १६:३५ मा प्रकाशित

दिनेश ठाकुर

नेपालगन्ज, साउन २६ — नेपालगञ्ज जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी आदित्य गुप्ताले आगामी भदौ ६ गते (सन् २०२६) हुन गइरहेको नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। आफ्नो कार्यकुशलता, कुशल नेतृत्व क्षमता तथा विशिष्ट सामाजिक योगदानमार्फत स्थानीय समाज र व्यावसायिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गुप्ताको उम्मेदवारी घोषणासँगै उद्योगी–व्यवसायी माझ उत्साह थपिएको छ।

लोकतन्त्रमा निर्वाचन हुनु सामान्य प्रक्रिया मात्र नभई योग्य, सक्षम, अनुभवी र दूरदर्शी नेतृत्व छनोट गर्ने महत्वपूर्ण अवसर हो। लोकतान्त्रिक विधिबाट आफ्नो नेतृत्व चयन गर्नु नै लोकतन्त्रको वास्तविक सुन्दरता र बलियो आधार मानिन्छ। यसै परिप्रेक्ष्यमा नेपालगञ्ज उद्योग वाणिज्य संघलाई नयाँ उचाइमा पुर्‍याउन र व्यवसायीका समस्यालाई संस्थागत रूपमा समाधान गर्न गुप्ताको उम्मेदवारी दर्ता भएको हो।

जेसी आदित्य गुप्तासँग नेपालगञ्ज जेसीजको नेतृत्व सम्हालेको बलियो अनुभव छ। यसका साथै उहाँले विभिन्न संघ–संस्था तथा सामाजिक संगठनहरूमा समेत सफल र परिणाममुखी नेतृत्व प्रदान गरिसक्नुभएको छ। उहाँको सोही अनुभव, कार्यकुशलता, उच्च नेतृत्व क्षमता र संस्थागत ज्ञानले गर्दा नेपालगञ्ज उद्योग वाणिज्य संघमा उहाँको उपस्थिति अतुलनीय हुने विश्वास लिइएको छ। उहाँको नेतृत्वमा संघमा विधिको शासन, संस्थागत प्रक्रियाको पालना तथा कार्यसम्पादनमा थप प्रभावकारिता र पारदर्शिता आउनेमा व्यवसायीहरू पूर्ण विश्वस्त देखिएका छन्।

आजको बदलिँदो र चुनौतीपूर्ण आर्थिक वातावरणमा निजी क्षेत्रलाई केवल नामको नेतृत्व मात्र होइन—व्यवसायीको वास्तविक मर्म र आवाज बुझ्ने नेतृत्वको खाँचो छ। उद्योगी–व्यवसायीका दैनिक समस्याहरू पहिचान गरी समाधानको मार्ग पहिल्याउन सक्ने र उद्योग–व्यवसायको हितमा ठोस नतिजा दिन सक्ने दूरदर्शी नेता आजको आवश्यकता हो।

यसै ऐतिहासिक मोडमा, नेपालगञ्ज उद्योग वाणिज्य संघमा आबद्ध सम्पूर्ण आदरणीय उद्योगी, व्यापारी तथा सदस्य महानुभावहरूमा सक्षम, अनुभवी र गतिशील व्यक्तित्व जेसी आदित्य कुमार गुप्ताज्यूलाई आफ्नो अमूल्य सहयोग, समर्थन तथा मतदान गरी अत्यधिक मतले विजयी गराउन हार्दिक अपिल गरिएको छ।

सक्षम नेतृत्वलाई साथ दिऔँ, अनुभवी नेतृत्वलाई रोजौँ र सही नेतृत्वमार्फत नेपालगञ्जको उद्योग–व्यवसायको भविष्यलाई अझ सुदृढ, सुरक्षित र समृद्ध बनाऔँ।
जेसी आदित्य गुप्ताज्यूलाई हार्दिक विजयको शुभकामना !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x