समाजवादी मुस्लिम संघ र समाजवादी दलित संघ, पर्सा जिल्ला समिति पुनर्गठन कार्यक्रम ।
जनतासँग जसपा नेपाल, आधारभुत संगठन निर्माण अभियानको क्रममा आज एक कार्यक्रमका बीच समाजवादी मुस्लिम संघ र समाजवादी दलित संघ, जिल्ला समिति पर्साको पुनर्गठन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रम जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेश प्रदेशको पूर्व मुख्यमन्त्री एवम बर्तमान प्रदेश सभा सदस्य मा. लालबाबु राउत को बिशेष उपस्थिति सहित मधेश प्रदेशको पूर्व मन्त्रि तथा प्रदेश सभा सदस्य मा. सिङ्गासन सा कलवार , पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य मा. शेख अबुल कलाम आजाद (फुलाबाबू) मुस्लिम बिभाग प्रमुख युसुफ अलि , मौलाना नुरुल होदा , जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव, फिरोज मन्सुर, जसपा नेपाल पर्साका नेता शशि कपूर मिया, बृजमोहन तिवारी, बसिर हवारी, जसपा बिरगंज महानगर अध्यक्ष निरन्जन पटेल, समाजवादी मुस्लिम संघ मधेश प्रदेश अध्यक्ष मुशाहिद हुस्सैन को उपस्थितिमा सम्पन्न भएको छ। नबि आलम राउत गद्दीको अध्यक्षतामा समाजवादी मुस्लिम संघ पर्सा जिल्ला समिति गठन गरिएको छ भने राजदेव पासवानको अध्यक्षतामा समाजवादी दलित संघ, पर्सा जिल्ला समिति गठन गरिएको छ ।




