१६ भाद्र २०८३, मंगलवार
समाजसेवी तथा प्रतिष्ठित व्यापारी मो. सफीक बेहना उमराहका लागि साउदी अरब प्रस्थान गर्दै
दिनेश ठाकुर नेपालगञ्ज, भदौ १६ गते । नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष, समाजसेवी तथा प्रतिष्ठित व्यापारी मो. सफीक बेहना पवित्र उमराहका लागि बुधबार साउदी अरबको मक्का–मदिनातर्फ प्रस्थान गर्दै हुनुहुन्छ।
धार्मिक आस्था र इबादतका लागि उहाँ उमराह यात्रामा जान लाग्नुभएको हो। उहाँको प्रस्थानसँगै परिवार, आफन्त, शुभेच्छुक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले सफल, सुरक्षित र सुखद यात्राको शुभकामना व्यक्त गरेका छन्।
उहाँको उमराह यात्रा सहज, सुरक्षित र सफल रहोस् तथा पवित्र इबादत अल्लाह तआलाले स्वीकार गरून् भन्ने शुभेच्छुकहरूको कामना छ। साथै उहाँलाई स्वास्थ्य, शान्ति, बरकत र दीर्घायु प्राप्त होस् तथा उहाँका सम्पूर्ण दुआहरू कबुल होऊन् भन्ने प्रार्थना गरिएको छ।
मो. सफीक बेहनालाई हार्दिक शुभकामना तथा दुआसहित— शुभ यात्रा, उमराह मुबारक!
Subscribe
Login
0 Comments


