१८ भाद्र २०८३, बिहीबार

सय बढी हतियार बरामद

एसीपी संवाददाता

२५ पुष २०८१, बिहीबार १७:२२ मा प्रकाशित

काठमाडौं – प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ ।

लमजुङका प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको हो ।

२२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ ।

उहाँका अनुसार दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् ।

जिल्लाका विभिन्न स्थानबाट यी हतियार बरामद गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x