२२ आश्विन २०८३, बिहीबार

सरकार (राजावादी) को संरक्षणमा लागेको छ-प्रभाकर

एसीपी संवाददाता

२१ मंसिर २०७७, आईतवार २२:१४ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सरकार गणतन्त्रविरोधी (राजावादी) को संरक्षणमा लागेको गम्भीर आरोप लगाएका छन्।

आइतबार सुरु पार्टीको स्थायी कमिटी बैठकमा लिखित प्रस्ताव पेस गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आरोप लगाएका हुन्।

‘नेकपाको सरकार र गृह प्रशासन यस्ता (गणतन्त्रविरोधी) क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुनिन थालेको छ,’ नेता शर्माले प्रस्ताव पत्रमा लेखेका छन्, ‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरूमा दमन गर्ने र गणतन्त्र विरोधीप्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ।’

सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा ‘नेपाल’ मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरू उत्साहित हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध खुलेआम उत्रिएको उनले प्रस्तावमा उल्लेख गरेका छन्।

उनले अगाडि भनेका छन्, ‘यसबाट नेपाली जनतामा ठूलो असन्तुष्टि पैदा हुँदै जाने सन्दर्भमा नेकपाको स्थायी कमिटी बैठक संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं।’

जनादर्शन शर्माले आइतबार नेकपा स्थायी कमिटी बैठकमा पेस गरेको प्रस्ताव :

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x