सिमा क्षेत्रका कर्तब्य पालक तथा सरोकारवाला लाइ मानब बेचबिखन बिरुद्ध तालिम
मधुबन ,१६ बैशाख २०८२
सिमा क्षेत्रका कर्तब्य पालक तथा सरोकारवालाका लागि मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध २ दिने तालिम मधुबनमा सम्पन्न भयको छ ।
मधुबन नगरपालिकाको आयोजना ,प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित उक्त तालिममा पालिकाका उप प्रमुख,वडा अध्यक्ष ,शिक्षा शाखा प्रमुख ,महिला बालबालिका शाखा प्रमुख , शसस्त्र प्रहरी निरीक्षक , सहायक प्रहरी निरीक्षक लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारे सिमा क्षेत्रका कर्तब्य पालक तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित तालिमको उद्घाटन सत्रको अध्यक्षता मधुबन नगरपालिकाका नगर प्रबक्ता मेक बहादुर गुरुङले गर्नु भयको थियो । उद्घाटन सत्रमा बोल्दै गुरुङ मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गयको र यसलाई नियन्त्रण गर्न चुनौती देखियकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार ,प्रहरी संघ संस्था ,स्थानीय निगरानी समूह सक्रिय भयर अभियान संचालन गर्ने कुरामा जोड दिनु भयको थियो ।
२ दिने तालिममा मानब बेचबिखन तथा ओसारपसारको अवधारणा ,यसका कारण ,मानब तस्करी,शोषण,कानुनि प्रावधान ,मानब दलालने अपनाउने तरिका ,मानब तथा बाल बेचबिखन रोकथामका उपाय ,स्थानीय तहका प्रयास तथा भूमिकाका बारेमा माइती नेपाल कार्यक्रम संयोजक अधिबक्ता केशब कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गर्नु भयको थियो भने कार्यक्रम संचालन महिला बालबालिका शाखा प्रमुख इन्द्रा चुनाराले गर्नु भयको थियो ।
तालिममा समूह कार्य मार्फत मानब बेच बिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि ,कर्मचारी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरियको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै पालिकाका उप प्रमुख अनिता चौधरी ले मानब बेचबिखन तथा ओसारपसार का घटना नियन्त्रण गर्न स्थानीय सरकार ,संघ सस्था ,प्रहरी स्थानीय समुह सक्रिय भयर लाग्नु पर्नेमा जोड दिनु भयको थियो साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम र सिमा क्षेत्रमा प्रहरी निगरानी बढाउनु पर्ने कुरा बताउनु भयको थियो ।
समापन सत्रको कार्यक्रम महिला बालबालिका शाखाकि शोभा शर्माले संचालन गर्नु भयको थियो भने समापन नगर प्रबक्ता मेक बहादुर गुरुङ ले गर्नु भयको थियो
कार्यक्रममा बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछाने र फिल्ड सुपरभाइजर सावित्रा भाटको उपस्थिति रहेको थियो ।




