१४ आश्विन २०८३, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको कुर्सी किन धराप पार्दै छन् प्रधानमन्त्री ओलिले

एसीपी संवाददाता

२८ पुष २०७७, मंगलवार १८:३८ मा प्रकाशित

धनगढी । गत शुक्रवार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट एयरपोर्ट गएनन् ।

त्यसपछि ओली समूहका मन्त्रीहरु संस्कार नभएको भन्दै मुख्यमन्त्रीसँग आक्रोशित भए । उनीहरुले पदबाट हटाउने चेतावनी दिए ।

अब ओलीले आफूमाथि गरेको अपमानको बदला लिँदैछन् । मुख्यमन्त्री भट्टलाई सके अविश्वासको प्रस्ताव ल्याएर पदबाट हटाउने, नसके प्रदेशसभा विघटन गरेर भए पनि हटाउने ओलीको रणनीति छ ।

प्रमनिकट एक मन्त्रीका अनुसार ओली समूहले आफ्नो बहुमत नरहेको प्रदेशमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका साना दलहरूसँग मिलेर सरकार बनाउने तयारी छ । त्यो सम्भव नदेखिए प्रदेशसभा पनि निलम्बन गर्ने तयारी छ ।

सुदूरपश्चिममा भने मुख्यमन्त्री भट्टविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको हुँदैछ । कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि यहाँ नयाँ सरकार बनाउने ओली समूहको कसरत छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जसपाका दुई जना प्रदेशसभा सदस्य रहेका छन् ।

३९ नेकपाका प्रदेश सासंदमध्ये ७ जना ओली समूहमा खुलेका छन् । त्यसमा दुई पूर्वमन्त्री पनि छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x