३ श्रावण २०८३, आईतवार

सुदूरपश्चिममा थप ९० जनामा कोरोना सन्क्रमित थपिए

एसीपी संवाददाता

१३ मंसिर २०७७, शनिबार १४:२२ मा प्रकाशित

सुदूरपश्चिममा थप ९० जनामा कोरोना पुष्टि भएको छ । त्यसमा कैलालीका मात्रै ७४ जना छन् । शनिबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ७४ सहित सुदूरपश्चिमका थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार २ सय ९१ जनाको परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जनामा संक्रमण देखिएको जानकारी दिए।

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का पाँच जना, वडा नम्बर २ का दुई जना, त्यस्तै वडा नम्बर ३, ८, १४ र वडा नखुलेका १र१ जनामा संक्रमण देखिएको छ।

यसैगरी कैलालीकै टीकापुर नगरपालिकाका २९ जना, मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका सात जना, कैलारी गाउँपालिकाका पाँच जना, गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३-३ जना, यस्तै घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका २र२ जना, भजनी नगरपालिका र ठेगाना नखुलेका कैलालीकै १र१ जनामा कोराना पुष्टि भएको छ।

यस्तै सेतीको परीक्षणमै डडेल्धुराको परशुराम नगरपालिकाका चार जना, डोटीको जोरायल गाउँपालिकाका एक जना, त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १र१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार सेतीको परीक्षणमा ८२ सहित अन्य प्रयोगशालामा गरी सुदूरपश्चिम प्रदेशमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार शनिबार सेतीमा ८२ सहित डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४ जना र अछामको कमलबजार प्रयोगशालामा ४ जनामा संक्रमण पुष्टि भएको छ।

शनिबार ९० जना थपिएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय १७ पुगेको छ। जसमा शनिबारसम्म ९ हजार ३ सय ३ जनाको कोरोना संक्रमण जितेको मन्त्रालयले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x