२ श्रावण २०८३, शनिबार
स्वर्गिय भगवानदास गुप्तको २३ औं स्मृती दिवस
सुरेश कुमार पांडेय ,कपिलवस्तु, २८ कार्तिक
पुर्व माननिय स्वर्गिय भगवानदास गुप्तको २३ औं स्मृती दिवसको पुण्य तिथी समारोह तौलिहवामा सम्पन्न गरिएको छ । भगवानदास गुप्त स्मृती प्रतिष्ठानको आयोजनामा तौलिहवामा २३ पुष्यतिथी समारोहको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा बिभिन्न क्षेत्रका अगुवाको सम्मान, बाल गृहका २९ जना अनाथ बालकलाई स्कुल व्याग गरिएको छ भने अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण तथा प्रशासन चौकमा रहेको स्वर्गिय गुप्तको शालिकमा माल्यार्पण गरिएको थियो । प्रतिष्ठान संरक्षक रामदास गुप्ता, प्रदेशसभा सदस्य दिर्घनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तब, कपिलबस्तु नगरपालिका की उप मेयर लक्ष्मी गुप्ता लगायत १ सय बढीले स्वर्गिय गुप्ताको त्याग, निष्ठा र ईमान्दारिताको पदचिन्हमा हिडेर स्वर्गिय गुप्त प्रति सच्चा श्रद्धान्जली दिनु दिनु भएको छ । प्रतिष्ठानका अध्यक्ष समेत रहेका स्वर्गिय गुप्ताका छोरा प्रतिनिधी सभाका साँसद बृजेश कुमार गुप्ताले निष्ठा र ईमान्दारिताको आफनो पिताको निती सदैव आफ्ना लागी मार्ग दर्शन हुने बताउनु भएको छ ।

Subscribe
Login
0 Comments


