३२ असार २०८३, बिहीबार

हमासको पनि जवाफी आक्रमण शुरु

एसीपी संवाददाता

७ चैत्र २०८१, शुक्रबार १०:२४ मा प्रकाशित

एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणको हमासले पनि जवाफी आक्रमण शुरु गरेको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको तेल अभिभमा तीन वटा रकेट प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

इजरायलले गाजामा पुनः सैन्य आक्रमण शुरु गरेपछि हमासको यो पहिलो जवाफी हमला हो । यद्यपि २ क्षेप्यास्त्र कोही नरहेकोे ठाउँमा खसालेको छ भने एउटा क्षेप्यास्त्रलाई इजरायले रोकेको बताइएको छ । इजरायलले पुनः युद्ध शुरु गरेपछि २ सय भन्दा बढी बालबालिकासहित कम्तीमा ५ सय ९१ प्यालेष्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

यता इजरायली सेना आईडीएफले प्यालेस्टाइनी क्षेत्रमा भूमिगत कारवाही शुरु गरिएको जनाएको छ । विगत ३ दिनमा इजरायली आक्रमणमा लगभग ६ सय जनाको मृत्यु भइसको छ भने सर्यौ घाइते भएका छन् ।

जनवरीमा इजरायल र हमासबीच युद्धविराम शुरु भएपछि राहत महसुस गरिएकोमा पछिल्लो समय फेरि दुवै मुलुकको स्थिति भयावह बन्दै गएको छ ।इमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x