२ श्रावण २०८३, शनिबार

हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि कैलालीमा प्रदर्शन

एसीपी संवाददाता

४ मंसिर २०७७, बिहीबार १४:२१ मा प्रकाशित

कैलाली । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशव्यापी रूपमा थालिएको सडक संघर्षका कार्यक्रमअन्तर्गत धनगढीमा विशाल शक्ति प्रदर्शनसहित दबाबमुलक कार्यक्रममा सबैभन्दा बढी स्वतन्त्र युवा शक्तिलाई परिचालन गरि र्‍याली गरिएको छ ।

वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालिसकेको अबस्थामा स्वच्छ ,देशभक्त युवा जमात पनि अब यसैगरी सडकमा आउनुपर्ने युवा परिचालन गरिएको हो ।

हाम्रो वीरताको विरासत गुमाउँदै गर्दा ,स्वाभिमानको झन्डा झुक्दै गर्दा, दलाल र माफियाहरुले देशलाई बन्दक राख्दै गर्दा पनि देशभक्त राष्ट्रवादी शक्ति टुलुटुलु हेरिरहनु भयानक बिडम्बना भएको भन्दै अब मुलुकको निकास र विकासका लागि एकमात्र विकल्प राजासहितको हिन्दु राष्ट्र भएकाले यसको पुनर्स्थापनाका लागि प्रदर्सन गरिएको छ ।

धनगढीको बुद्धचोक वाट शुरु हुने बिशाल र्यालीमा हजारौं नागरिकको सहभागीता थियोे । आयोजक सुदुरपश्चिम् स्वतन्त्र नागरिक समाजको नेतृत्व रहेको थियो ।

देशकाे धर्म संस्कृति र राष्ट्रियता हाम्रो पहिचान हो,
सनातन धर्म र संस्कृतिको रक्षाका निमित्त राष्ट्रबादी शक्ति गोलबन्द हुन आव्हानसहित शक्ति प्रदर्शनको रूपमा कार्यक्रम गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x