१२ श्रावण २०८३, मंगलवार

३१ बोरा (९३० केजी) चिनियाँ लसुन र ३ थान साइकलसहित दुई जना नियन्त्रणमा

एसीपी संवाददाता

१२ श्रावण २०८३, मंगलवार ११:४३ मा प्रकाशित

बर्दिया –   लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहा, नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट चोरी पैठारी गरी भारततर्फ लैजान लागिएको ३१ बोरा (९३० केजी) चिनियाँ लसुन र ३ थान साइकलसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले प्रारम्भिक रूपमा १० बोरा (३०० केजी) लसुन र ३ थान साइकलसहित दुई जनालाई नियन्त्रणमा लिएपछि शंका लागी नजिकै रहेको खाली घर/गोठमा खानतलासी गर्दा थप २१ बोरा (६३० केजी) चिनियाँ लसुन भण्डारण गरिएको गोदाम फेला पारी बरामद गरेको हो।

नियन्त्रणमा पर्नेहरू भारत, बहराइच जिल्ला सोहनी ग्राम पञ्चायतका ३८ वर्षीय कमान चौधरी र १४ वर्षीय रुपेश चौधरी रहेका छन् ।

बरामद गरिएको ३१ बोरा (९३० केजी) चिनियाँ लसुन र ३ थान साइकलको कुल अनुमानित मूल्य रु. ७ लाख ३ हजार रहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा बरामद सामानलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x