१८ श्रावण २०८३, सोमबार

५२६ ग्रामभन्दा बढी लागुऔषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ

एसीपी संवाददाता

१८ श्रावण २०८३, सोमबार २०:३५ मा प्रकाशित

नेपालगन्ज, १८ साउन — बाँकेको नेपालगन्जबाट ५२६ ग्राम २१० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ न्युरोडस्थित रणबहादुर के.सी.को घरमा छापा मारेको थियो।

उक्त घरमा खानतलासी गर्दा सुशिल भण्डारी र अरुण कुमार जयसवालको साथबाट तथा घरको कोठामा रहेको दराजभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला परेको हो।

पक्राउ पर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४, बाँकेका वर्ष ३० को सुशिल भण्डारी र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०, बाँकेका वर्ष ५५ को अरुण कुमार जयसवाल

बरामद गरिएका सामान तथा लागुऔषध शुद्ध तौल: ५२६ ग्राम २१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ , नगद: भारतीय रुपैयाँ २,०१,४००/- र नेपाली रुपैयाँ १,८०,०००/- (जम्मा नेपाली रूपैयाँ ५,०२,२४०/- , डिजिटल तराजु: १ थान , मोबाइल: विभिन्न कम्पनीका २ थान

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x