आइतबार माघ ४ रुपैडिहा बजार पुर्ण रूपमा बन्द हुने
जमुनाह नाकाको भारतिय बजारमा व्यापार मण्डल (नगर परिषद) को निर्वाचन मध्यनजर गरिदै पुर्ण रूपमा माघ ४ गते बजार बन्द रहने स्थानीय पत्रकार सन्तोष शुक्लाले जानकारी दिनु भयो ।
रुपैडोहा बजार जिल्ला बहाराईच बाँके जिल्ला संग जोडिएको मुख्य नाका हो । उक्त बजारमा ब्यापर मन्डलको निर्वाचनले गर्दा बजार पुरै ब्यानर र पोस्टर सजिएको छ ।
उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि मण्डल (नगर परिषद) रुपैडिहा इकाईको चुनाव जनवरी १८ मा हुनेछ अर्थात माघ ४ गते हुने निर्वाचन समितिले जनाएको छ । जम्म ८३६ जना मतदाताले गोप्य रूपमा मतदान गर्नेछन्।
अध्यक्ष पदका लागि दुई जना, महासचिव पदका लागि दुई जना र कोषाध्यक्ष पदका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्।
त्यस्तै, ११ जना कार्यकारी समिति सदस्यहरू निर्वाचित हुनेछन्।निर्वाचन मा २२ जना व्यापारीहरूले आफ्नो मनोनयन दर्ता गरेका छन्। गोप्य मतदान बजारको केन्द्रमा रहेको सिंह बजारमा हुनेछ।
मण्डलका पूर्व महासचिव संजय बंसलले उपजिल्ला मजिस्ट्रेट नानपारा मोनालिसा जोहरी र स्थानीय प्रहरी चौकीलाई जानकारी गराइएको बताएका छ्न ।
बंसलले मतदान बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुने बताए। जनवरी १८ मा, सोही दिन अपराह्न ४ बजेदेखि गणना सुरु हुनेछ। संघका बहराइचका अधिकारीहरू पनि कार्यक्रममा उपस्थित हुने जानकारी पत्रकार शुक्लाले दिनु भयो । 



