२ श्रावण २०८३, शनिबार

आन्दोलनको तयारीमा जुट्दै थरुहट,मधेश

एसीपी संवाददाता

९ कार्तिक २०७७, आईतवार ०९:३८ मा प्रकाशित

फाइल तस्बिर

थरुहट तथा मधेशका युवा विभिन्न मागसहित दसैँपछि आन्दोलनमा जाने तयारीमा जुटेका छन् । दशैंपछि एउटा भेला आयोजना गर्ने र सो भेलाबाट संघर्षका कार्यक्रम तय गर्ने उनीहरुको योजना छ । थरुहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले दसैँपछि जनकपुर वा वीरगंजमा युवाहरुको वृहत भेला आयोजना गरी संघर्षका कार्यक्रम तय गरिने बताए ।

बैठकको तयारीमा जुट्न उनले जनता समाजवादी पार्टी नेपालका युवा नेताहरु डा. सुरेन्द्र झा, मनिष सुमन, अभियन्ताहरु विकास ठाकुर, आनन्द गुप्ता, सुनिल पटेल, कासिन्द्र यादव, अन्जु झा, पत्रकार अमरेन्द्र यादव, मधेश नागरिक समाजका अध्यक्ष गणेश मण्डल, मोनिका सिंह, प्रिती रमनलाई आग्रह गरेका छन् ।

भेलामा सहभागी तराई मधेश राष्ट्रिय परिषद, जसपा, जनमत, काँग्रेस, नेकपा, थरुहट राष्ट्रिय मोर्चाका युवाहरुको नामावली पनि तयार गरिने उनले बताए । तराई मधेशमा रहेका शक्तिहरु बीच छलफल गरी राजनीतिक लक्ष्य प्राप्तिका लागि रोडम्याप तयार गर्ने र युवाहरुको एकीकृत मोर्चामार्फत संघर्षको कार्यक्रम तय गर्ने भेलाको उद्देश्य रहने उनको भनाइ छ ।

जेलमा रहेका रेशम चौधरीलगायत थरुहट–मधेश आन्दोलनका बन्दी एवं अन्यहरुमाथि लगाइएका मुद्दाहरुको सम्बन्धमामा पनि छलफल हुने बताइएको छ । त्यस्तै, लाल आयोग लगायत अन्य छानविन आयोगको प्रतिवेदन, वर्तमान राजनीतिक अवस्था र थरुहट–मधेशको मुद्दा, आगामी दिनमा तराई मधेशको राजनीतिक विषयमा थारु र मधेशी बीचको रणनीतिक सहकार्य र सम्भावना लगायतको विषयमा छलफल हुने बताइएको छ ।
भेलालाई सर्वपक्षीय, थारु, दलित, मुस्लिमलगायत सबैको समावेशी सहभागिता सुनिश्चित गरिने दावी गरिएको छ ।

विगतमा तराई मधेशको आन्दोलनमा अहम् भूमिका खेलेका राकेश मिश्र, जय निशान्त, रामकुमार शर्मा, विजयकान्त कर्ण, चन्द्रकिशोर, सतार अन्सारी, चन्द्रेश्वर खतवे, तुलानारायण साहलगायत अन्य बुद्धिजीवी तथा अभियान्ताहरुसँग पनि छलफल गरिने बताइएको छ । साभार रातोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] आन्दोलनको तयारीमा जुट्दै थरुहट,मधेश […]

1
0
Would love your thoughts, please comment.x
()
x