३१ जेष्ठ २०८१, बिहीबार

आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने गरी ल्याउन लागेको विधेयक लोकतन्त्र र विधिको शासन विपरित- कोइराला

एसीपी संवाददाता

२ माघ २०७६, बिहीबार १६:४७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने गरी ल्याउन लागेको विधेयक लोकतन्त्र र विधिको शासन विपरित रहेको बताउनुभएको छ ।

संविधानले ग्यारेण्टी गरेको नागरिकका बिचार अभिब्यक्ती स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायले ल्याउन लागेको उहाँको भनाई छ । सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक संजालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिष्ट, ब्यंग्यकार र सर्वसाधारण नागरिकलाई जेल हाल्ने कानुन ल्याउनु सर्वसत्तावादको पूर्वाभ्यास भएको उहाँको भनाई छ ।

जन–आन्दोलनको जगमा स्थापित संघीय लोकतन्त्रिक गणतन्त्र कमजोर हुने काम जो कोहीबाट भए पनी त्यसको नेपाली कांग्रेसले सशक्त प्रतिकार गर्ने नेता कोइरालाको भनाई छ । जुन कुराप्रति नागरिक समाज, बुद्धिजिवी, पेशागत संघ–संस्थालगायत सम्पुर्ण नागरिक विरुद्धमा उभिनु अनिवार्य भएको नेता कोइरालाको भनाई छ ।

‘यो विधेयक विपरित काम भएमा विश्वको जुनसुकै कुनाबाट पनि मुद्दा चलाउन सक्नेछ, प्रमाणिकरणको काम विदेशी कम्पनीले पनि पाउने भएपछि नेपाली तथ्यांकमा विदेशी कम्पनीको हालिमुहाली हुनसक्ने अवस्था पनि उत्तिकै छ ।’

यो सबै हेर्दा शाही शासनको समयमा हल्ला चलेको विधयेक नै अहिले ल्याइएको झैं देखिने नेता कोइरालाको तर्क छ । यस्तो नागरिकलाई कानुनी राजयको आभाष गर्न नपाउने विधेयक निसर्त फिर्ता लिन सरकारसाग उहाँले जोडदार माग गर्नुभएको छ ।समाचार येजेन्शी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x