६ श्रावण २०८३, बुधबार

एसपी अंगुर जीसी र लागूऔषध विरुद्धको निःशुल्क परामर्श सेवा केन्द्रबीच भेटघाट : सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता ।

एसीपी संवाददाता

२९ आश्विन २०८२, बुधबार १४:४७ मा प्रकाशित

असोज २९, नेपालगञ्ज । हालै बाँके जिल्लामा कार्यभार सम्हाल्नुभएका जिल्ला प्रहरी कार्यालय बाँकेका
प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जीसी र लागूऔषध विरुद्धको निःशुल्क परामर्श सेवा केन्द्र, नेपालगञ्ज बाँकेका पदाधिकारीबीच भेटघाट सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेसँग आबद्ध उक्त सेवा केन्द्रका पदाधिकारीहरूले नयाँ प्रहरी प्रमुखसँग पहिलो औपचारिक भेटघाट गर्दै संस्थाको उद्देश्य, गतिविधि र आगामी योजनाबारे जानकारी गराएका हुन्।

भेटकाे क्रममा सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीले संस्थाको स्थापना उद्देश्य, हालसम्मका गतिविधि तथा लागूऔषध सेवनकर्ताहरूका लागि सञ्चालनमा रहेका निःशुल्क परामर्श, उपचार र पुनःस्थापना सेवाबारे विस्तृत जानकारी गराए।

जाेशीले प्रहरी प्रशासनसँगको निरन्तर सहकार्यले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी र विश्वासिलो बनाएको बताए।

प्रहरी प्रमुख एसपी अंगुर जीसीले समाजलाई लागूऔषधको दुष्प्रभावबाट जोगाउन प्रहरी र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै, आगामी दिनमा सचेतना, उपचार तथा पुनःस्थापना अभियानमा थप सघाउने प्रतिबद्धता जनाए।

उक्त भेटघाटले लागूऔषधमुक्त समाज निर्माणका लागि प्रहरी प्रशासन र नागरिक समाजबीचको सहकार्यलाई अझ मजबुत बनाएको सेवा केन्द्रका कार्यसमिति सदस्य माेहम्मद आरिफ अन्सारीले बताएका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x