तर, कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि चिनियाँ डिजाइनको च्याप्टर क्लोज भएको हो। गत फागुनमा कांग्रेसलाई छाडेर एमालेतिर मिल्न पुगेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘कम्युनिष्ट एकता’का लागि भन्दै दौडधुपमा थिए। उनले लगत्तै माओवादी महासचिव देव गुरुङलाई चीन पनि पठाएका थिए।
०७४ को निर्वाचनपछि तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनाउन पनि चिनियाँ डिजाइन थियो। तर, पछि पार्टी विभाजन भएपछि तीन दल बनेका थिए। अहिले फेरि चीन नेपालमा कम्युनिष्ट एकता गरेर आफ्नो परियोजना बिआरआईमार्फत् हस्तक्षेप गर्ने नीतिमा लागेको थियो।
१७ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच गठबन्धन गर्ने सहमति भएपछि चिनियाँ डिजाइन चकनाचुर भएको हो।
कांग्रेस र एमालेबीच समीकरण बन्नुका यी कारण देखिन्छन्।
१. विद्यादेवी भण्डारीमाथि चीनको आर्शीवाद
दुई कार्यकाल राष्ट्रपति बनिसकेकी विद्यादेवी भण्डारी एकाएक फेरि पार्टीको राजनीतिमा सक्रिय भएकी थिइन्। यसको मुख्य कारण हो, चीनको आर्शीवाद। चीन भण्डारीलाई अगाडि सारेर एमालेको नेतृत्व आफूअनूकुल अगाडि बढाउन चाहन्थ्यो। त्यो पात्रका रुपमा भण्डारी उपयुक्त देखिएपछि सोही अनुसार रणनीति तय भएको थियो। कांग्रेस र एमाले समीकरण नबनेको भए भण्डारी हाल चीन भ्रमणमा हुन्थिन्। तर, नयाँ समीकरण बनेपछि उनको चीन भ्रमण स्थगन भएको हो।
२. ओलीलालाई भण्डारीको चुनौती
नेकपा विभाजनपछि एमाले गुठविहीनजस्तै छ। एमालेमा सचिवालय, पोलिटब्यूरो, केन्द्रीय कमिटी छ। तर, ओलीको चाहना विना कुनै निर्णय वा काम अगाडि बढ्दैन।
तर, पछिल्लो पटक भण्डारी नै ओलीका लागि चुनौती बनेका थिए। भण्डारीले समानान्तर गुठ चलाउन थालेपछि ओलीलाई थ्रेट नै बढेको थियो। हालै मात्र काभ्रेमा आयोजित एमालेको कार्यक्रममा भण्डारी प्रमुख अतिथि थिइन्। तर, ओली सहभागी थिएनन्।
३.भण्डारी सक्रिय राजनीतिमा
सामान्यतयाः राष्ट्रपतिपछि सक्रिय राजनीतिको कल्पना गरिँदैन। दल त्याग गरेर राष्ट्रपति बन्ने प्रचलन छ। तर, विद्यादेवी भण्डारी भने दुई कार्यकाल राष्ट्रपति बनेर फेरि एमालेको सक्रिय राजनीतिमा आइपुगिन्। जुन ओलीलाई मन परेको थिएन। ओलीको चाहनाविपरीत भण्डारी सक्रिय राजनीतिमा आउने भएपछि चिनियाँ पक्षको आकांक्षा पूरा हुन सक्थ्यो, अर्थात् कम्युनिष्ट एकता। ओली भने प्रधानमन्त्री बनेर भण्डारीलाई ओझेलमा पार्न चाहन्थे।
४. बिआरआईमा प्रचण्डको अडान, अमेरिका बेखुस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ ऋण परियोजना जसरी पनि अनुमोदन गर्ने पक्षमा थिए। तर, महँगो ऋणको यो परियोजनामाथि नेपाली सन्तुष्ट छैनन्। चर्काे व्याजदरको परियोजनामा सम्झौता गर्नुपर्ने अनुदान लिनुपर्ने अडान नेपालका राजनीतिक दलको छ। तर, प्रचण्डको चाहना परराष्ट्र सचिवस्तरीय बैठकले बिआरआई सम्झौताको फ्रेमवर्क नै पारित गरेपछि अमेरिकी बेखुस थियो। किनकी नेपालमा चिनियाँ प्रभाव अमेरिकाले स्वीकार गर्दैन।
५. देउवामाथि गगन र शेखरको चुनौती
कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइराला पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवाका लागि थ्रेट बनेका थिए। सोही अनुसार महामन्त्री थापाले संसदीय दलको हार्ने चुनाव पनि लडेका थिए भने गठबन्धन सरकार छँदा पनि उनीहरुले सहयोग गरेनन्।
यसको मुख्य कारण संस्थापन पक्षविरुद्ध उभिएर लोकप्रिय बन्ने र आगामी महाधिवेशनबाट नेतृत्वका लागि प्रयास गर्ने। तर, देउवा भने संस्थापन पक्षबाट उत्तराधिकारी खोजिरहेका छन्। उनी पार्टी नेतृत्व फरक गुठमा जान दिँदैनन्। त्यसका लागि देउवाका निम्ति शक्ति आवश्यक छ, त्यो भनेको प्रधानमन्त्री हो।
आगामी महाधिवेशनको अगाडि प्रधानमन्त्री बन्नेगरी देउवाले ओलीसँग आलोपालोको सहमति गरेका हुन्। नेपालपाना



