६ मंसिर २०८३, शनिबार
कतारका अमीरबाट नेपालका राष्ट्रपति पौडेललाई संविधान दिवसको बधाई सन्देश
काठमाडौं । कतारका अमीर महामहिम शेख तमिम बिन हमद अल थानीले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका राष्ट्रपति महामहिम रामचन्द्र पौडेललाई संविधान दिवसको अवसरमा बधाई सन्देश पठाउनुभएको छ।
बधाई सन्देशमार्फत कतारका अमीरले नेपाल सरकार, नेपाली जनसमुदाय तथा राष्ट्रपति पौडेललाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नेपालको संविधान दिवसले आपसी मित्रता र सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेलले पठाइने प्रत्युत्तर सन्देशमार्फत कतारप्रति नेपालले राखेको ऐतिहासिक मित्रता, आपसी सहयोग र सद्भावका सम्बन्धलाई निरन्तर मजबुत बनाइने अपेक्षा गरिएको स्रोतले जनाएको छ।
Subscribe
Login
0 Comments


