केपि ओलीको सोच कम्युनिष्ट पार्टीको संगठनात्मक र सिद्धान्त विपरित-प्रचण्ड
२०७७ कार्तिक २८ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा संगठनात्मक ,सिद्धान्त र विधि -पद्धति माथि प्रहार शिर्षकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त र मान्यता विपरित भएको उल्लेख गरिएको छ।
चिसिएको नेपाल–भारत सम्बन्ध; भारतिय विदेश सचिवको भ्रमणले थप बलियो हुने अपेक्षा
बैठक, छलफल र बहसप्रति अरुची, आफ्नो व्यक्तिगत निर्णयलाई समुहले जिम्मेवारी लिइदिनु पर्ने आग्रह, भिन्न विचार, मत र प्रवृतिप्रति चरम असहिष्णुता वा आँखा चिम्लेर मलाई समर्थन गर अन्यथा निषेध हुन र निरंकुशता सामना गर्न तयार होउ भन्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पि शर्मा ओलीको सोचलाई प्रचण्डले आफ्नो प्रस्ताबमा स्पस्ट रुपमा उतारेका छन।
चिसिएको नेपाल–भारत सम्बन्ध; भारतिय विदेश सचिवको भ्रमणले थप बलियो हुने अपेक्षा
बहुमतको निर्णय म मान्दिन, मेरो निर्णय बहुमतले मान्नु पर्दछ भन्ने मान्यता नै ओलीका संगठनात्मक मान्यता हुन्, प्रस्ताबमा प्रचण्डले उल्लेख गरेका छन। स्पष्ट छ कि यसप्रकारको सोच र शैलीको कम्युनिष्ट पार्टीको सिद्धान्त श्रमजीवी वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको प्रचण्डको दावी छ। आदर्शखबर


