२ श्रावण २०८३, शनिबार

कोरोनाका कारण थप १२ को मृत्यु , ३१ सय ६७ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

१ कार्तिक २०७७, शनिबार ११:०२ मा प्रकाशित

नेपालमा शनिबार थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३१ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप १ हजार ७ सय ४६ जनामा कोरोना देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ०४ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७ सय२७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिबार थप १८ सय जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कोरोनालाई जित्नेको संख्या ८९ हजार ८ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल देशभरि ३८ हजार ७ सय ३७ जनामा सक्रिय सङ्क्रमण छ । जसमध्ये १३ हजार २ सय ९९ जना संस्थागत आइसोलेशनमा र बाँकी २५ हजार ४ सय ३८ जना होम आइशोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x