१२ असार २०८३, शुक्रबार

दुई मन्त्री ३ सांसद टोलीको चीन नाकामा स्वागत त परे जाओस सामान्य शिष्टाचार पनि गरेनन्

एसीपी संवाददाता

१ कार्तिक २०७७, शनिबार ०६:२८ मा प्रकाशित

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदिप ज्ञवाली सहितको एक जम्बो टोली बुधवार कोरोला नाका तथा सीमा स्तम्भहरुको निरिक्षण भ्रमणमा मुस्ताङ आइपुगेको थियो । सरकारकै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट समेत भ्रमण दलमा सहभागि थिए । उद्योग मन्त्रालयकै सचिव चन्द्रकुमार घिमिरे, वाणिज्य सचिव वैकुण्ठ अर्याल, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की पनि भ्रमण दलमा सहभागि थिए । यद्यपी कतिपय कोरोला नाकाबाट फर्किदा सरुवा परिसकेका छन् । भन्सार विभागमा महानिर्देशक सुमन दाहाल पनि भ्रमण दलमा रहि काठमाडौंबाट मुस्ताङका लागि आएका थिए । काठमाडौंको टोली सिम्रिक एयरको हेलिकप्टरबाट मुस्ताङ झरेको थियो। 

भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन

सिमा मिचेकै हो भन्ने निश्कर्षमा, हुम्लाबाट निर्वाचित सांसद शाही

पोखराबाट पनि प्रभुको हेलिकप्टरमा संघीय सांसद प्रेम तुलाचन प्रदेश सांसदद्वय ईन्द्रधारा बिष्ट र महेन्द्र थकाली सोझै कोरोला नाका पुगेका थिए । मन्त्री, सांसद र अधिकारीहरुको टोलीलाई स्वागत गर्न मुस्ताङका प्रमुख जिल्ला अधिकारी, कोरोला नाका रहेको गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुख सहितका व्यक्तिहरु कोरोला पुगेका थिए । विहान ९ वजेर ४० मिनेटमा त्यहाँ पुगेको टोलीले कोरोला नाकाका अतिरिक्त २४ नम्बर पिल्लरको समेत निरिक्षण गरेको थियो । नेपालका दुई दुई जना मन्त्री ३ जना सांसद र सरकारी अधिकारीहरु सहित तामाझाम गरेर आएको सो टोलीलाई नाकामा कुनै पनि चिनियाँ अधिकारीहरुले स्वागत त परे जाओस सामान्य शिष्टाचार पनि देखाएनन् । कोरोना नाकामा चिनियाँ सीमा रक्षक र अधिकारीहरु बस्दै आएका छन् । 

काठमाडौं, पोखरा र जिल्ला सदरमुकामबाट गएको टोलीले लोमाङथान गाउँपालिका ५ स्थित युरेनियम खानी रहेको स्थलको भने हेलिकप्टरबाटै अनुगमन गरि पौने ११ वजे लोमाङथान पुगेको थियो । लोमाङथानमा भने लोमाङथान दरबारको प्रांगणमा स्थानिय नेकपाले एक अन्तर्क्रिया गरेको थियो । कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नो कार्यकालमै कोरोला नाकामा क्वारेन्टाइन, चेकपोष्ट, भन्सार कार्यालय, भवन निर्माण गरि सूचारु गर्ने कालिगण्डकी करिडोर अन्तर्गत बेनि जोमसोम तथा जोमसोम कोरोला सडक खण्डको स्तरोन्नती गरि कालोपत्रे गर्ने, नेपाल चीन र भारतको अन्तरदेशीय ट्रान्जिट प्वाइन्ट बनाइ लोमाङथानलाई आर्थिक केन्द्र बनाउने, लो घेकर दामोदर कुण्ड गाउँपालिका १ स्थित चराङमा आन्तरिक विमानस्थल बनाउने र युरेनियम खानीको सुरक्षा र व्यवस्थापनलाई विशेष ध्यान दिने बताएका थिए । करिब ७० मिनेटसम्म भएको कार्यक्रममा करिव सबै गरि ७५ जनाको उपस्थित कार्यक्रममा मन्त्री भट्टले पनि कोरोला नाका संचालनमा ल्याई मुस्ताङका साथै गण्डकी प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने बताएका थिए । (प्रदिप ज्ञवाली कोरोला नाकामा । तस्विर स्रोत मन्त्री ज्ञवालीको ट्वीटरबाट) हाम्रोकुराबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] दुई मन्त्री ३ सांसद टोलीको चीन नाकामा … […]

trackback

[…] दुई मन्त्री ३ सांसद टोलीको चीन नाकामा … […]

trackback

[…] दुई मन्त्री ३ सांसद टोलीको चीन नाकामा … […]

3
0
Would love your thoughts, please comment.x
()
x