२ श्रावण २०८३, शनिबार

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

एसीपी संवाददाता

१ कार्तिक २०७७, शनिबार ०३:३४ मा प्रकाशित

बाँकेमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदोकी १८ बर्षीया युवती र नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरका ६१ बर्षीय पुरुषको मृत्यु भएको हो ।

६१ बर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा राती ९ बजे र १८ बर्षीया युवतीको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राती साढे ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती युवतीले असोज २८ गते मेडिकल कलेजमा कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । उनको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कडा खालको कोभिड देखिएको चिकित्सकहरुले बताएका छन् । भृकुटीनगरका पुरुषमा असोज २५ गते कोभिड पुष्टि भएको थियो ।

अवधी पत्रकार संघको भवन निमार्णका लागि जग्गाको नक्सांकन

विश्वमा कोरोना महामारी शान्तिका लागि नेपालगन्जमा यज्ञ

स्वास्थ्यमा समस्या देखिएपछि उनले २४ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । कडा खाले कोभिडको लक्षण देखिएका उनको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x