२ श्रावण २०८३, शनिबार

कोरोना संक्रमित एक पुरुषको मृत्यू , थप १७ जना डिष्चार्ज

एसीपी संवाददाता

३० आश्विन २०७७, शुक्रबार ०६:०६ मा प्रकाशित

बाँकेमा उपचाररत रुकुम पश्चिमका कोरोना संक्रमित एक पुरुषको शुक्रबार कोहलपुरमा मृत्यू भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ बर्षीय पुरुषको नेपालगञ्ज मेकिडल कलेज कोहलपुरमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसै बीच बाँकेमा थप १७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ९ सय ८० पुगेको श्रेष्ठले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x