गैससहरुको भेला गर्ने महत्वपुर्ण निर्णय सहित बैठक सम्पन्न
गते २४ पुष ,नेपालगंज ।
विभिन्न निर्णय गर्दे गैर सरकारी सं“स्था महासंघ बां“केको नियमित बैठक बुुुधवार नेपालगंजमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकले गैसस महासंघ बांके शाखाको पहलमा संस्थाहरुमा ब्राईटल्याण्ड कलेजका बिएसडब्लु अध्ययनरत विद्यार्थिहरुलाई संस्थाहरुमा ईनटनसिपको लागि पठाउने बिषयलाई अनुमोदन गरेको छ । यस्तै गैर सरकारी संस्था महासंघ नेपालको माघ १७ र १८ गते काठमाण्डौमा आयोजना हुने केन्द्रिय साधारण सभामा जिल्लाबाट प्रतिनिधि पठाउनको लागि माघ ८ गते नेपालगंजमा भेला गर्ने निर्णय भएको छ । बैठकले बा“के जिल्लाका सबै स्थानिय तहहरु तथा व“डा कार्यालयबाट विनियोजित गरिएको लक्षित बर्ग तर्फको कार्यक्रमलाई उचित परिचालन तथा कार्यक्रमहरु संचालन गर्दा स्थानिय स“घ सस्थाहरु स“ग साझेदारी तथा साझेदार संस्थाहरु छनोट गर्दा नियम अनुसार गर्न वकालत गर्ने निर्णय समेत गरेको छ । गैसस महासंघ सदस्यताको लागि बां“के शाखामा आवेदन दिएका संस्थाहरुलाई केन्द्रिय कार्यालयमा आवद्धताका लागि शिफारिस गर्ने निर्णय समेत भएको छ । यस्तै बैठकले जिल्ला दैबी प्रकोप उद्धार समिती बा“केले नेपालगंजमा माघ २ गते आयोजना गरेको ¥यालीमा सहभागि हुने निर्णय गरेको छ ।





