११ मंसिर २०८३, बिहीबार

चिनियाँ टोलिलाई भेटेपछि किन् प्रचण्ड परे तनावमा

एसीपी संवाददाता

१३ पुष २०७७, सोमबार १६:२३ मा प्रकाशित

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको प्रतिनिधिमण्डलले सोमवार बिहान खुमलटार पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटपछि खुमलटार पुगेको चिनियाँ टोलीले प्रचण्डलाई ब्याक हुन भनेको स्रोतले बतायो । चिनियाँ टोलीले ब्याक हुन दबाब दिएपछि प्रचण्डमा तनावमा परेको एक नेताले बताए । अब के गर्ने अन्यौल बढेको छ ।

नेकपा एकबद्ध हुनुपर्ने त्यसका लागि दुबै पक्षले त्याग गर्नुपर्ने बेइजिङको सन्देश प्रचण्डलाई भेटमा सुनाइएको थियो । चिनियाँ टोलीले आजै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गरेर एकताका लागि आफ्नो अडानबाट लचिलो हुन र मिल्न दबाब दिनेछ ।

फुटको संघारमा पुगेपछि चिनियाँ नेताहरु विशेष मिसनका साथ काठमाडौं ओर्लिएका छन् ।

नेताहरुलाई प्रभाव वा दबाब अथवा धम्क्याएर भए पनि पार्टी फुट्न नदिने चिनियाँहरुको रणनीति रहेको सम्बद्ध स्रोत बताउँछ। नेपालपानाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x