६ जेष्ठ २०८३, बुधबार
चीनले नेपालको भूमि हडपेको तथा सगरमाथा पनि गुगल म्यापमा आफ्नोतिर पारेको दावी गर्दै विरोधमा प्रदर्शन

बर्दियाको विभिन्न स्थानहरुमा युवाहरुको समुहले प्रदर्शन गरेको छ । राष्ट्रिय एकता अभियानमा आबद्ध युवाहरुको समुहले ठाकुरवाबा नगरपालिका र गुलरिया नगरपालिकानमा चीनको विरोधमा प्रदर्शन गरेको हो । चीनले नेपालको भूमि हडपेको तथा सगरमाथा पनि गुगल म्यापमा आफ्नोतिर पारेको दावी गर्दै विरोधमा प्रदर्शन गरिएको हो ।

अभियान्ता शेर बहादुर थापाको नेतृत्वमा ठाकुरबाबा नगरपालिका वडा नं ९ स्थित बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको बाघ चौकमा उनीहरुले चीनको विरोधमा नाराबाजी गर्दै मोटर साईकल ¥याली समेत निकालेका थिए । त्यसैगरी जयराम विसीको नेतृत्वमा गुलरिया नगरपालिकाको राधाकृष्ण चौकमाचिन विरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
- चिनियाँ ‘दादागिरी’मा सरकारी मिलेमतो भए पछी रिपब्लिकन पार्टी आक्रोशित
- चीनले भूमि मिचेको भन्दै काठमाडौँमा प्रदर्शन,युवाहरु पक्राउ
- स्थायी राजधानी सार्ने बिवाद,कांग्रेसको बन्द बन्दका कारण जनजीवन प्रभावित
हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै विरोधमा प्रदर्शन गरेका हुन् । युवाहरुले ‘ब्याक अफ चाइना’ भन्दै नारावाजी गरे । त्यस्तै सहभागीहरूले ‘चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दै’ भन्दै चीनविरूद्द आक्रोश ब्यक्त गरे । प्रदर्शनका क्रममा ‘नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, चिनियाँ दलालहरू होसियार, नाकाहरू खुल्ला गर’ लगाएतका नाराहरू लगाईएका थिए । गेरुवाकर्णालीपोस्ट





[…] […]