९ माघ २०८२, बिहीबार

जनजाति,मधेशी,मस्लिम देख्ने बित्तिक्कै भुटान,तिब्बत र भारतसंग जोडेर हेर्ने प्रबृति छ देशमा

एसीपी संवाददाता

२६ आश्विन २०८२, आईतवार १२:४७ मा प्रकाशित

नयाँ मन्त्रीको नामावलीमा परेकी टासी ल्हाजोम को हुन्, मैले चिन्दैन,तर जनजाति,मधेशी,मस्लिम देख्ने बित्तिक्कै भुटान,तिब्बत र भारतसंग जोडेर हेर्ने प्रबृति पनि देश बिकासको लागि बाधक हो ।यि २५ वर्षीया युवतीलाई तिब्बती शरणार्थी भन्न मिल्दैन। ह्यारी भण्डारी नाम गरेको मान्छे अमेरिकाको मेरिल्यान्ड राज्यमा सांसद हुँदा र प्रशान्त तमांग ईन्डियन आईडल हुंदा सबैको छाती गर्बले फुल्ने, तर हिमाल र मधेशका क्षेत्रमा बसोबास गर्ने तामाङ,लामा,शेर्पा वा गुप्ता,साह,मिश्र, अंसारी,सिद्दकि,चौधरी,यादव,बर्मा,हरिजन थर भएका मान्छेहरु राज्य सत्तामा देखिदा बित्तिकै तिब्बती र भारतिय हुने, यस्तो नश्लवादी चिन्तन हटाउनु आवश्यक छ।

तामाङ,शेर्पा, लामाहरु हिमालका हैनन् र मधेशी नेपाली होईनन भने सगरमाथा र मधेश पनि नेपालको हैन भन्नु पर्यो। मधेशको हरियो बन ,अन्न भण्डार दिने उब्जाउ र उर्बर खेतहरु वा सगरमाथा र सुन र चांदी जस्तै टल्किने ति हिमालहरु नेपालको हो भन्ने तर त्यही क्षेत्रमा ४५ डिग्री तापमानमा पसिना बगाउदै सबैको पेट भर्ने ति काला वर्णका मजदुर ,किसान,प्राबिधिक र ब्यवसायी हरुलाई र ५°C देखि -१५°C सम्मको तामक्रममा अनेकौ प्राकृतिक प्रतिकुलताहरु सहेर पनि आफ्ना पहिचान जोगाएर बसेका मान्छेहरु लाई तिब्बती र भारतिय भनिदिने, यो भाष्य बिल्कुल गलत छ। कानुन र छानबिनबाट पुष्टि हुनुपर्ने संवेदनशील विषयलाई पनि कथित जातीय राष्ट्रबादको दृष्टिले हेरेर व्याक्तिको आत्मसम्मानमा चोट पुर्‍याउने अधिकार कसैलाई छैन।
डा संगिता कौशल मिश्रको नाम आउंदा पनि यो गैंग यसरी नै कुर्लेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x