७ मंसिर २०८३, आईतवार

जेन–जीको विरोध प्रदर्शनमाथि निर्मम र बर्बर दमन

एसीपी संवाददाता

२३ भाद्र २०८२, सोमबार १८:४१ मा प्रकाशित

काठमाडौं –  जेन–जीको विरोध प्रदर्शनमाथि निर्मम र बर्बर दमनले नागरिकमा भएको सार्वभौमिकता राज्य सत्ताबाट अपहरित भएको छ । आज हाम्रो देशका विद्यालय र कलेजका युवा विद्यार्थीहरूले बढ्दो अन्याय र आफ्नै भविष्यप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलन सुरु गरे तर सरकारले पहिलो दिनमै उनीहरू माथि गोली चलाएर १५ जनाको ज्यान लिएको छ, र यो संख्या अझ बढ्न सक्ने डर छ। यो अमानवीय घटना विद्यार्थीहरूको शान्तिपूर्ण आवाजमाथि गरिएको क्रुर अत्याचारको प्रत्यक्ष प्रमाण हो। अब राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले चुप लागेर बस्ने विकल्प छैन। सत्य र न्यायको पक्षमा कदम उठाउनैपर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x