६ श्रावण २०८३, बुधबार

तिहार नजिकिएसंगै कपिलवस्तुका काेहार समुदाय माेटाेकाे भाँडा बनाउन व्यस्त

एसीपी संवाददाता

२९ आश्विन २०८२, बुधबार २१:३४ मा प्रकाशित

अजय मिश्र, कृष्णानगर, असाेज २९

तिहार नजिकिएसँगै कपिलवस्तुका स्थानीय काेहार समुदाय माटोका पाला बनाउन व्यस्त छन् । जिल्लाकाे कृष्णानगर नगरपालिका, महाराजगंज नगरपालिका, विजयनगर गांउपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका लगायत अन्य पालिकाका काेहार समुदायले माटाको भाँडा बनाउँदै आएकाे र तिहारमा माटोका दियो लगायतका भाँडा बनाउन व्यस्त रहेका हुन् ।

तिहारमा माटोको दियो माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको कृष्णानगर १० बकौलीका चिन्कु काेहारले बताउनुभयाे । उहाँले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गर्नुभयाे ।

जिल्लामा उत्पादन भएका सदरमुकाम तौलिहवा, महाराजगंज , कृष्णानगर, चन्द्रौटा , मर्यादपुर, पकडी, लबनी लगायतका स्थानमा पुगि काेहार समुदायले बेच्ने गरेको बताउँछन् ।
अहिले बजारमा प्लास्टिकका दियोहरू आएपनि माटोका
दियोको मागमा भने कुनै कमी नआएको उनीहरुको भनाइ छ । गत वर्षकाे तुलनामा यस वर्ष माटोका पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरूले बताएका छन्।

कपिलवस्तुका काेहार समुदायले अहिले माटोका दियो, कोसिया, चकिया, घण्टी, गा्ग्री लगायत सामान बनांउदै आए पनि अन्य समयमा पनि गमला, खुत्रुके लगायत माटोका सामानहरू बनाउँदै बिक्रीबितरण गर्दै आएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x