थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु
बाहिरी जिल्लाबाट उपचारका लागी बाँकेमा आएकी थप एक जना महिलाको उपचारको क्रममा कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
भारतमा कोरोना विरुद्ध परीक्षण सफल भएको खोप नेपालमा सजिलै प्रयोग गर्न सकिने
दाङको तुलसीपुर उपमहानगरपालिका ६ की ७७ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालको श्रोतले पुष्टि गरेको छ ।
अस्पतालका अनुसार ती महिलाको गए राति १२:१५ बजेको समयमा मृत्यु भएको जनाएको छ ।
यो संगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला कोभिड 19 संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक छ ।
अस्पतालका अनुसार उनको स्वास्थ्यमा समस्या आए पछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन । उनी मंसिर ५ गते कोहलपुर अस्पतालमा भर्ना भएकी कोरोनाको आशंकामा पिसिआर जाँच गर्दा मंसिर ६ गते उनमा कोरोना पुष्टि भएको थियो ।
उनको रोगको प्रकृति अनुसार गरिनु पर्ने सबै प्रकारको उपचार गरि रह्दा पनि स्वास्थ्यमा सुधार नभएपछि उनको गए राति १२:१५ मा मृत्यु भएको अस्पतालको श्रोतले पुष्टि गरेको छ ।


