१२ मंसिर २०८३, शुक्रबार

पार्टी नेतृत्वमा युवाहरु नआए पार्टीको भविष्य अप्ठेरोमा – नेता पोखरेल

एसीपी संवाददाता

२६ माघ २०७७, सोमबार ०४:५५ मा प्रकाशित

सरकारका उपप्रधानमन्त्री एवं नेकपा ओलीपक्षका नेता ईश्वर पोखरेलले पार्टी नेतृत्वमा युवाहरु नआए पार्टीको भविष्य अप्ठेरोमा पर्ने बताउनुभएको छ ।

आइतबार ललितपुुरमा राष्ट्रिय युवा संघ नेपालको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पोखरेलले अव पार्टी नेतृत्वमा ३० प्रतिशत युवाहरु अनिवार्य गरिने समेत बताउनुभयो ।

उहाले युवाहरुलाई पार्टी नेतृत्वमा ल्याउन आफुले वकालत गर्ने समेत बताउनुभयो ।

नक्कली बिहे गर्दै चीनमा नेपाली चेलिबेटीको तस्करी भएको खुलाशा

उहाले पार्टीभित्रको बिभाजनकारीलाई हटाउदै अन्यलाई गोलबन्द गराउदै लैजाने अहिलेको मुख्य ध्यय रहकेो जिकिर गर्नुभयो । उहाले पार्टीबाट बाहिरिनेबाहेक अन्यलाई उपयुक्त समयमा व्यवस्थापन गर्र्दै लैजाने उल्लेख गर्नुभयो । पोखरेलले अहिलेको लडाई बिचारको लडाई भएको भन्दै गलत बिचारसंग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

बैठकले राष्ट्रिय युवा संघ नेपालकोसंयोजकबाट रामप्रसाद सापकोटा (दिपशिखा)लाई निश्कासन गरेको छ ।  बैठकमा सहसंयोजक रमेश पौडेलले संयोजक सापकोटालाई निष्कासनका प्रस्ताव राख्नुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x