नेपालका हिन्दु र मुसलमान दुईटै समुदायले के बुझ्न जरुरी – रौनियार
ललित रौनियार , नेपालगन्ज समाजसेवी = नेपालका हिन्दु र मुसलमान दुईटै समुदायले के बुझ्न जरुरी छ कि भारत जस्तो धार्मिक द्वन्दको कुनै पनि कारक तत्व व धार्मिक बिबाद नेपालमा छैन जसको कारण दंगा नै हुनु पर्ने।
भारतमा बिबादका कइयन कारणहरु छन।
१) भारतमा मुसलमान शासकहरु ७०० बर्ष सम्म शासनमा रहे त्यस दौरान धर्मान्तरण देखि हिन्दु मठ मन्दिरहरुको बिध्वन्स लगायतका कार्यहरु भए जसले गर्दा त्यहा अझै सम्म पनि ति ऐतिहासिक घटनाले हिन्दु समाज बाहिर आउन सकेको छैन भने मुसलमानहरुलाई के लाग्छ भने उनीहरुलाई शासकिय भुमिकाबाट च्युत गरिएको छ र उनीहरु संग बदला लिइंदैछ।
२) भारत धार्मिक रुपले बिभाजित भईसकेको हुनाले एकखाले हिन्दुहरुको के मान्यता छ भने मुसलमानहरुले त आफ्नो देश लिइ सके, यो देश त हाम्रो मात्रै हो तर सम्बिधानले भारतलाई धर्मनिर्पेक्ष बनाएको हुनाले सबैलाई समान अधिकारको ग्यारन्टी गरेको छ।
यि तमाम कारणले गर्दा भारतमा हिन्दु र मुसलमान चाहेर पनि मिल्न सकिरहेका छैनन।हिन्दु व सनातन कुनै धर्म होईन यो त एउटा जीवन जिउने पद्दती हो त्यसकारण यसमा कुनै कुरालाई पनि अनिवार्य गरिएको छैन।त्यसको ठिक उल्टो ईस्लाम, ईसाई, बौद्ध, सिख,जैन लगायतका लाई धर्म भनिए पनि यसलाई एकजना ब्यक्ति बिचारक ,पैगम्बर व दुत नै यसको मुखिया हुने हुनाले उसले ब्यक्त गरेको बिचार व निर्देशन नै सर्बेपरि हुन्छ।त्यसकारण यसका अनुयायी हरु कट्टर र अन्धभक्त हुन्छन।
नेपाली हिन्दुहरु निश्चित रुपमा भारतिय हिन्दुहरु भन्दा लिबरल छन तर नव नागरिकहरुको आगमनले सोचलाई अतिबादी बनाउंदैछ। त्यसरी नै मुस्लिमहरुमा पनि नव नागरिकहरुले भारत जस्तै नेपालमा पनि बितण्डा र कट्टरता फैलाइ रहेका छन।बिकसित मुस्लिम राष्ट्रहरुमा मदरसा शिक्षालाई मान्यता दिएको छैन।कतिपय मुस्लिम देशहरुमा हिन्दु मन्दिरहरु छन र सुरक्षित छन त्यहा कुनै किसिमको बिबाद छैन।बंगलादेश र पाकिस्तान जस्तो असहिष्णु ईस्लाम नेपालमा किमार्थ पनि स्विकार्य हुन सक्दैन।
धर्म ब्यक्तिको नितान्त ब्यक्तिगत आस्था हो यसलाई सार्बजनिक रुपमा एक अर्को संग प्रतिस्पर्धा गर्ने बस्तु होईन।जुनसुकै देशमा बहुसंख्यक समाजको मान्यतालाई अल्पसंख्यक समाजले सम्मान दिनै पर्छ र बहुसंख्यक समाजले पनि अल्पसंख्यकहरुलाई संरक्षण गर्नुपर्ने दायित्वको निर्बाह गर्नुपर्छ।
यसमा राज्य र सुरक्षा निकायको पनि त्यतिकै जिम्मेवारी हुन्छ।नेपालमा सुरक्षा निकायको भुमिका पनि यस परिप्रेक्ष्यमा कमजोर देखिन्छ।
नेपाल यतिबेला फेरि राजनितिक रुपमा संक्रमण कालिन अवस्थामा छ,राज्य संयन्त्र एकदमै कमजोर अवस्थामा छ। त्यसकारण सबैपक्ष गम्भीर भएर देश र सामाजिक एकताको लागि जिम्मेवार हुन जरुरी छ।



