९ माघ २०८२, बिहीबार

नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं

एसीपी संवाददाता

१९ आश्विन २०८२, आईतवार २२:४८ मा प्रकाशित

 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’

उनले नेपाली जनता र सरकारको साथमा भारत रहेको पनि बताएका छन् ।

‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले भनेका छन् ।

वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । देशभरका राजमार्ग अवरुद्ध हुनेगरी भएको वर्षा आज भने केही रोकिएको छ ।

अहिले विभिन्न राजमार्गहरू खुल्ने प्रक्रियामा छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x