नेपालगन्जका वरिष्ठ पत्रकारहरुको भारतमा सम्मान
नेपालगन्जका वरिष्ठ पत्रकारहरुको भारतमा सम्मान प्राप्त भएको छ । दसकौ देखि नेपालगन्ज बाट आफ्नो पत्रकारीता शुरु गरि देश भर नाम कमाएका र नेपाल पत्रकार महासंघ बाकेका पुर्ब अध्यक्ष राजधानी दैनिक का रिपोर्टर , सदरलाई अनलाइनका सम्पादक रुद्र सुवेदी नेपालगन्ज भेरी एफ एम का प्रमुख , लुम्बिनी प्रदेश नेपाल पत्रकार महासंघका सदस्य मोहम्मद आरिफ अन्सारी , अजमत अली लाई भारत मा सम्मान गरिएको छ । बिहार – भारत आयोजित अन्तर्राष्ट्रिय साँस्कृतिक संवाहिका भाषा विज्ञ डा. सरिता बुधु (मराशिश) द्वारा सम्मानित हुनु भएको छ । 
वैशाली (भारत) : सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरको संयोजन तथा अम्रपाली कला साहित्य समाज (भारत) विहार तथा मानवाधिकार टुडे म्यागेजिन समेतको आयोजनामा आयोजित अन्तराष्ट्रिय मातृभाषा सम्मेलन-बोलीचालीमा रहेको ‘बज्जिका’ भाषाको संरक्षण तथा सम्वर्द्धनमा मातृभाषाको भूमिका विषयक कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय साँस्कृतिक संवाहिका भाषा विज्ञ डा. सरिता बुधुबाट सम्मानित हुँदैकाे क्षण ।
कार्यक्रममा थाईलैण्डका थाई मन्दिर प्रमुख डा. पी.सी.चन्द्रा, भारत पटनाका उच्च न्यायालयका पूर्व मुख्यन्यायाधिश राजेन्द्र प्रसाद, पद्मश्री डाक्टर शान्ति राय (प्रसिद्ध महिला चिकित्सक) पद्मश्री श्रीमती राजकुमारी देवी प्रसिद्ध महिला कृषक (किसान चाची), पद्मश्री डाक्टर जितेन्द्रकुमार सिंह (प्रसिद्ध कैंसर राेग विशेषज्ञ), पद्मश्री डाक्टर श्री विमल जैन (प्रसिद्ध समाजसेवी), पद्मश्री श्री,अशाेक विश्वास (प्रसिद्ध लाेक कलाकार), सामाजिक अभियन्ता बरुण सिंह, डा.अनिल सुलभ अध्यक्ष-विहार हिन्दी साहित्य सम्मेलन-पटना), डाक्टर अर्चना सिंह (प्राेफेसर रानजीतिक शास्त्र-मुजफ्फरपुर), डाक्टर जितेन्द्र कुमार (उपाध्यक्ष हाेम्याेप्याथिक मेडिकल एशाेशिएसन अफ इण्डिया) प्रसिद्ध लाेक कलाकार पद्मश्री श्री अशाेक विश्वास, शिक्षाविद् डाक्टर अमरदीप झा गाैतम, समाजसेवी श्री विमल कान्त झा, डाक्टर वृजनन्दन कुमार सिन्हा (प्रसिद्ध चिकित्सक), पुरातत्वविद् डाक्टर राम नरेश राय, डाक्टर वरिष्ठ पत्रकार सुरेन्द्र मानपुरी, डाक्टर पंकज कुमार, डाक्टर विनय पासवान प्रसिद्ध एंकर काैशर प्रवेज खान, सार्क जर्नालिष्ट फोर-विहार च्याप्टरका अध्यक्ष शशीभुषण सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड र मरिससबाट १ सय ५० जना प्रतिनिधिहरुकाे सहभागिता थियाे । 
साे समाराेहमा सार्क जर्नलिस्ट फाेरम नेपाल लुम्बिनी च्याप्टरका सम्मेलन निर्देशक, रुद्र सुवेदी, सह-संयाेजक माेहम्मद आरिफ अन्सारीले आयाेजकलाई नेपाली ढाका टाेपी तथा विशिष्ट अतिथि र मुख्य अतिथिलाई रुद्राक्षकाे माला तथा नेवार पत्रकार मञ्चका नृपेन्द्रलाल श्रेष्ठले खादाले सम्मान गरेका थिए ।सो अवसरमा नेपालका पत्रकारहरुलाई सम्मान गरिएको पत्रकार आरिफ अन्सारीले बताउनु भयो । 



