नेपाल कहाँ फेल भैरहेको छ ?
महादिप पोख्रेल – समाजिक संजाल /
नेपाल कहाँ फेल भैरहेको छ ?
नेपालको बिदेश निति :- असम्लग्न परराष्ट्र निति
— कुनै पनि सैन्य गठबंधन सहभागी नहुने,
— नेपालको भुमीलाइ कुनै पनि देश बिरुद्ध प्रयोग गर्न नदिने
बिपरित कार्य :-
-२०१९ मा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञावली अमेरिका गएर “नेपाल आई पि एस ( इन्डो प्यासिफिक स्ट्रेजेटी ) को महत्त्वपूर्ण स्टेक होल्डर भएको भन्ने सम्झौतामा सही गरेका छन। mcc पनि यही आई पि एस को एक अंश वा सहयोगी परियोजना हो। जस्लाई नेपालको संसदले पास गरेको छ।
— आई पि एस अन्तर्गतको सैन्य कार्यक्रम SPP (state partnership programme ) को ड्राफ्टलाई बिगतको सरकारहरुले पास गर्न सकेका छैनन् ।यस्मा अमेरिकाको लगातार दबाब बढेर गएको छ,किनभने यो कार्यक्रम लागू नहुँदासम्म नेपालमा आई पि एस फुल फेजमा लागू हुदैन र mcc परियोजनाको पनि उद्देश्य पूरा हुदैन।
–यसै बिच भर्खरै सरकार बाट गलत्याईएका के पी ओली चाइना भ्रमण जाँदा चिनको सामरिक सुरक्षा निति GSI ( global security initiative ) मा पनि सहमति दिएको र चिनिया जनमुक्ति सेनाको परेडमा भाग लिएको बिषयलाई पनि सैन्य गठबन्धनमा सहभागी भए बराबर नै लिइएको छ।
(नेपालमा IPS र GSI टकरावको स्थिति छ,यस्तो परिस्थितिको निर्माण शक्तिशाली राष्ट्रहरुको चासोको साथसाथै आन्तरिक रूपमा यहाँका कच्चा,लोभी र लम्पसारबादी राजनैतिक नेतृत्वहरु जिम्मेवार छ्न।)
—नेपालको भुमीलाई कुनै पनि देश विरुद्ध प्रयोग गर्न नदिइने नितिको विरुद्ध यहाँ फ्री तिब्बत गतिविधिहरु भैरहेकै छन।यो सबैले देखेकै कुरा हो। फेरि नेपाल एक चीन नितिमा प्रतिबद्ध मुलुक हो।
यसरी नेपालले आफ्नै देशको संबिधान विरुद्ध भैरहेका मुख्य यी ४ वटा गतिविधिलाई निशेध वा खारेज गर्न सकेको छैन,बरु दिनानुदिन झनझन फस्दै गएको छ।भर्खरै नेपालमा मच्चाइएको उपद्रो,विध्वंसलाई पनि यही कडीमा बुझ्नुपर्छ ,ज्यादा ब्याख्या गरिन। नेपालमा कहिल्यै गतिलो हुदैन,जबसम्म यो देश आफैले निर्दिष्ट गरेको ट्र्याकमा फर्कदैन।



