नेपाल देशमा शान्ति सुब्यस्था कायम गर्न युवाहरुसंग अनुरोध , नेपाललाई आग्रगामी रास्ट्र बनोस दिए शुभकामना
जीन – जी आन्दोलनमा युवाहरुको प्रदर्शनले नेपालमा आएको नयाँ सत्ता परिवर्तन सङै विभिन्न समाजिक व धार्मिक अभियन्ताले शान्ति सुब्यवस्था कायाम राख्न आग्रह गरी रहेका छ्न ।
यहि क्रममा भारतको मध्य प्रदेश स्थित रहेको बागेश्वरधाम धार्मिक स्थल बाट नेपालमा शान्ति सुब्यवस्था बनाउन धीरेन्द्र कृष्ण शास्त्रीले आग्रह गर्नु भएको छ ।
शास्त्रीले भन्नू भयो हामी नेपालमा शान्ति चाहन्छौ युवाहरूले ल्याएको क्रान्ति को पुर्ण समर्थन गर्दै भ्रष्टाचारीलाई सिकाएको पाठ सराहनीय रहेको छ । बागेश्वरधामका सम्पुर्ण भक्तजनहरु नेपालका युवा सङ सहकार्य गर्न तयार रहेको बताउदै नेपालको आर्थिक उन्नतिका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो ।
नेपाल देश पशुपतिनाथको शरणमा रहेको सधै कल्याण हुने छ । त्यहाको सम्पदा गौतम बुद्ध को देशमा शान्ति कायम हुने आशा गरेको बताउनु भयो । नेपाल भारतका भक्तजन , हाम्रा सनातनी युवाहरूलाई समेत नेपालको प्रगतिमा आफ्नो योगदान दिने भन्दै आव्हान गर्न चाहन्छौ ।
नेपाल एक सफल आग्रगामी राष्ट्र बनोस् भन्दै शुभकामना दिदै युवाहरूको साथमा रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


