पाकिस्तान पराजित भारत बन्यो एसीया कप २०२५ को बिजेता
एसिया कप २०२५ को फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेर ट्राफि माथी कब्जा गरेको छ ।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले सबै वीकेट गुमाउँदै १४६ रन बनाएको थियो। जवाफमा, भारतीय टोलीले अन्तिम ओभरमा लक्ष्य पूरा गरेको हो । भारतले १४६ रनको लक्ष्य २ बल बाकी रहदा चौका लगाएर रिन्कु सिंह ले जित दिलाएका थिए ।
फाइनल खेल पछि पाकिस्तानी टिम आफ्नो रुम बाट आउन मानेन । 
निकै हंगामा मच्चियो। अन्ततः, भारतीय टोलीले ट्रफी स्वीकार गर्न अस्वीकार गर्यो, र यसको पछाडि एउटा महत्त्वपूर्ण कारण थियो।
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीबाट ट्रफी स्वीकार गरेनन् ।
एसिया कप च्याम्पियन भारतीय टोलीले एसियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष र पाकिस्तानी मन्त्री मोहसिन नकवीबाट विजेताको ट्रफी स्वीकार गर्न अस्वीकार गरेको हो ।
भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै नवौं पटक एसिया कप जिते हो । पुरस्कार समारोह सुरु हुनुभन्दा अगाडि नकवी एक छेउमा उभिए, जबकि भारतीय खेलाडीहरू एकअर्काबाट १५ मिटरको दुरीमा उभिए का थिए ।



