प्रधानमन्त्री ओलिलाई ‘कुरेर बैठक किन ढिलो गरेको ? गर्जिए-पुर्ब मन्त्री रावल
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई ‘कुरेर बैठक किन ढिलो गरेको ? भन्दै स्थायी कमिटी सदस्य भीम रावल आक्रोश पोखेका छन् ।
चिनियाँ जहाज उडाउँदा वार्षिक सञ्चालन घाटा ५० करोड,ऋण तिर्न बाकी नै छ
नेपाल कम्युनिस्ट पार्टीको आजको बैठक निर्धारित समयभन्दा ४० मिनेट ढिलो शुरु भयो । अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी गराउने प्रयास गरिंदा बैठक ढिलो भयो । बैठकस्थलमा बसेका कतिपय स्थायी कमिटी सदस्यहरुले ‘किन ढिलो गरेको ? भनी प्रश्न उठाए ।
बैठक एक बजेका लागि डाकिएकोमा आधा घन्टा बितिसक्दा पनि शुरु नभएपछि होहल्ला चल्न थाल्यो । ओलीको विरोधी समूहका नेताहरुले विरोध गर्दै बैठक शुरु गर्न दबाब दिन थाले । स्थायी कमिटी सदस्य भीम रावल निकै आक्रोशित भए ।
उनले ‘एक व्यक्तिका कारण बैठक गर्दै नगर्ने, गरेपनि ढिलाई गर्ने’ भन्दै असन्तुष्टि पोखे । उनले पार्टीलाई विधि प्रक्रियामा चलाउनुपर्ने भन्दै नीति नियम सबैले मान्नुपर्ने बताए । नेपालपाना बाट



