९ माघ २०८२, बिहीबार
बाँकेमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि,कपिलवस्तुका एक जनामा पनि संक्रमण,नेपालमा कोरोना संक्रमित २१९

बैशाख ३१ गते । बाँकेमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बाँके जिल्ला नेपालगन्ज(८ का ३६ वर्षीय पुरुष तथा कपिलवस्तु (५ का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस्तै नेपालगंजमा २८ गते टांगा स्टेशनमा कलेक्सन गरेर १६२ स्याम्पल NPHL काठमाडौ पठाइएकाेमा ने.ग. वडा नं ८ काे १ जना पोजेटिभ अरु सबै १६१ नेगेटिभ पुष्टि भएको हो ।
Subscribe
Login
0 Comments



