३१ जेष्ठ २०८१, बिहीबार

बाँकेमा प्रहरीलाई पहिलोपटक कोरोना संक्रमण

एसीपी संवाददाता

११ जेष्ठ २०७७, आईतवार ०२:१६ मा प्रकाशित

बाँकेमा प्रहरीलाई पनि पहिलोपटक कोरोना संक्रमण देखिएको छ ।

नरैनापुर गाउँपालिका वडा नम्बर ३ को कालाफाँटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यहाँ कार्यरत एक जना प्रहरी जवानलाई कोरोना देखिने वित्तिकै प्रहरी चौकी शिल गरिएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक शिब बहादुर सिंहले बताउनुभयो ।

आज नरैनापुरमा २७ जना संक्रमित थपिँदा प्रहरी जवान पनि परेका हुन् । संक्रमित सबैलाई नेपालगञ्ज ल्याउने तयारी भइरहेको सिंहले जानकारी दिनुभयो । नरैनापुरमा मात्रै हालसम्म १ सय १४ जना संक्रमित भएका छन् भने एक जनाको मृत्यु समेत भइसकेको छ ।

बाँकेमा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x