बालुवाटार घेर्ने, सरकारी गाडी ठप्प पार्ने लगाएत अनेरास्ववियूको तेस्रो चरणको आन्दोलनको घोषणा
संसद बिघटन बिरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
लकडाउनसँगै बन्द गरिएका थप ३० वटा नाका खुल्ला गर्ने गृहमन्त्रालयको निर्देशन
अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने मागसमेत गरेको छ । संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा र्याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् ।अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ ।
अभियानको दोस्रो दिन देशभरी २८ हजारभन्दा बढीले (कोभिड १९) विरुद्धको खोप लगाए
अनेरास्ववियूद्वारा शुक्रबार घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रममा मन्त्रीहरुलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरुका गाडी चल्न नदिनेदेखि प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायतका विभिन्न कार्यक्रम तय गरिएको छ ।
घोषित कार्यक्रममा माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापन पत्र पेश गर्ने, माघ २१ गते क्याम्पस अगाडी चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने, माघ २५ गते केपी ओलीलाई विरोध पत्र बुझाइने अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिनुभयो ।
उहाले सरकारले राज्यको स्रोत साधनका दुरुपयोग गरेको आरोप लगाउनुभयो । प्रतिगमनको पक्षमा सरकारी स्रोत र साधनको दुरुपयोग रोक्न आफुहरुले त्यही अनुसारको आन्दोलनको कार्यक्रम घोषणा गरेको उहाले बताउनुभयो ।
संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा ¥याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।



